Online Nepal शुक्रबार, बैशाख २८ २०८१

पीएनजीविरुद्ध नेपालले पायो १८० रनको लक्ष्य

पीएनजीविरुद्ध नेपालले पायो १८० रनको लक्ष्य


मध्यान्तर
  • शुक्रबार, फाल्गुन १९ २०७९

  • काठमाडौँ । यूएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक सिरिजमा नेपालले पीएनजीविरुद्ध जितका लागि १८० रनको लक्ष्य पाएको छ । बईमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले ४९.२ ओभरमा १७९ रन बनाएर अलआउट भयो ।

    पिएनजीका लागि ओपनरहरु टोनी उरा ३९ रन र किप्लिन डोरिगा २६ रन बनाए । उरालाई सोमपाल कामीले क्याच आउट गर्दा डोरिगालाई सन्दीप लामिछानेले एलबिडब्लूबाट आउट गरे ।

    सेसे बाउलाई आसिफ शेखले ११ रनमा रनआउट गर्दा कप्तान असद भालालाई कुशल मल्लले एलबिडब्लूबाटै आउट गरे ।

    दिपेन्द्रसिंह ऐरीले करण केसीको सहयोगमा छैटौँ विकेटको रुपमा चाड सोपरलाई ९ रनमा रनआउट गरेका थिए । त्यअघि दिपेन्द्रले नै पाँचौँ विकेटको रुपमा गौडी टोका १५ रनमा बोल्ड आउट गरेका थिए ।

    यस्तै सोमपाल कामीले रेली हेकुरेलाई ९ रनमा र करण केसीले नोर्मान भानुआलाई १४ रनमा बोल्ड गरे ।

    नेपालका लागि सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले १–१ विकेट लिए ।

    नेपालले पिएनजीका ३ ब्याट्सम्यानलाई आसिफ, दिपेन्द्र–करण र सन्दीपले रनआउट गरेका थिए ।

    सिरिजको पहिलो खेलमा पिएनजीलाई हराएको नेपाल बिहीबार भएको दोस्रो खेलमा घरेलु टिम युएईसँग पराजित भएको थियो ।

    सिरिजमा नेपालले अन्तिम खेल सोमबार युएईसँग खेल्नेछ । यी तीनै टिमबीच नेपालमा फागुन २५ देखि लिग–२ को अन्तिम सिरिजका खेल हुने भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार