Online Nepal शुक्रबार, बैशाख २८ २०८१

बिश्वकप क्रिकेट लिग -२ : नेपालले आज युएईसँग खेल्दै

बिश्वकप क्रिकेट लिग -२ : नेपालले आज युएईसँग खेल्दै


मध्यान्तर
  • सोमबार, फाल्गुन २२ २०७९

  • काठमाडौँ।  क्रिकेट लिग -२ मा नेपालले सोमबार युएई सिरिजको अन्तिम खेलमा घरेलु टिमको सामना गर्दै छ। विश्वकप लिग-२ को रोमाञ्चक बनेको समीकरणमा दुवै टिम जितका लागिम मैदान उत्रिँदै छन्। नेपाल र युएईबीचको खेल दुवै अन्तराष्ट्रिय मैदानमा ११स:४५ मा सुरु हुँदै छ।

    अन्तिम ५ खेल बाँकी रहँदा नेपाल र युएई दुवैलाई शीर्ष तीनमा पुग्नका लागि सबै खेलमा जित अनिवार्य बनेको छ।

    लिग-२ को शीर्ष तीनमा रहने टिमले जिम्बावेमा हुने १० टिम सम्मिलित विश्वकप क्वालिफायर खेल्न पाउने छ। विश्वकप छनोटका लागि शीर्ष दुईमा स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा नामिबिया अहिले ३९ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

    तर नेपाल र युएईले समान ३१ खेल खेल्दै युएई ३१ र नेपाल ३० अंकका साथ पाँचौँ र छैटौँ स्थानमा रहेकाले बाँकी ५ खेलमा जित निकाले युएईको ४१ अंक हुनेछ भने नेपालको ४० अंक हुनेछ।

    त्यसैले दुवै टिमको नामिबियालाई पछि पार्ने अभियानमा आजको खेल निर्णायक हुने छ। त्यसैले सोमबार हुने खेल दुवै टिमका लागि विश्वकप अभियानलाई कायम राख्नका लागि निर्णायक रहेको छ।

    युएई सिरिजमा अघिल्लो खेलमा नेपाल युएईसँग ६८ रनले पराजित हुन पुगेको थियो। २०७ रनमा नै बलरहरूले घरेलु टोलीलाई रोके पनि नेपाली ब्याटर चल्न नसक्दा निरास बनेको थियो। तुलनात्मक रूपमा बलिङ पिच रहेको युएईमा सोमबार पनि कम स्कोरमा रोक्ने टिमलाई जित सहज हुने पक्का छ।

    नेपालले पछिल्लो पटक गत नोभेम्बरमा नेपालमै भएको ओडिआई सिरिजमा युएईलाई पराजित गरेको थियो। तीन खेलको ओडिआई शृखंला नेपालले २९१ ले जितेको थियो। तर विश्वकप लिग९२ को यात्रामा नेपाल युएइसँग जितविहिन रहेको छ।

    सोमबार युएईविरुद्धको खेलमा ओपनर कुशल भुर्तेल खेल्ने छैनन्। ग्रोइन इन्जुरीका कारण उनी टिमबाट बाहिरिएका छन्। उनको स्थानको अन्तिम १४ टोलीमा सन्दिप जोरा समावेश छन्। कुशल भुर्तेल नहुँदा आसिफ शेखको ओपनिङ जोडीमा नयाँ खेलाडी आउने छन्।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार