Online Nepal शुक्रबार, बैशाख २८ २०८१

यूएईलाई हराउँदै नेपालले जोगायो एक दिवसीय मान्यता

यूएईलाई हराउँदै नेपालले जोगायो एक दिवसीय मान्यता


मध्यान्तर
  • आइतबार, फाल्गुन २८ २०७९

  • फाइल तस्बिर

    काठमाडौँ । काठमाडौं । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ ।

    लगातार विकेट पतनसँगै यूएई संकटमा परेपछि यूएईको ओडिआई मान्यता पनि संकटमा परेको छ। नेपालका ललित राजवंशी एक्लैले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए । त्यस्तै, सोमपाल कामी, गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले एक(एक विकेट लिए ।

    यूएईका लागि आयान अफ्जल खानले बनाएको २९ रन नै सर्वाधिक छ । ६ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । आजको खेलमा नेपालले जित निकाले सोझै एक दिवसीय वरीयता जोगाउनेछ । नेपालसँगको हारले भने यूएईले सोझै ओडिआई मान्यता बचाउने अवसर गुमाएको छ ।

    नेपालले आज यूएईलाई पराजित गरे लिग २ मा यूएईमाथि दोस्रो जित निकाल्नेछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार