Online Nepal सोमबार, बैशाख २४ २०८१

जापानमा एक नेपाली विद्यार्थी शव सडेगलेको अवस्थामा मृत फेला

जापानमा एक नेपाली विद्यार्थी शव सडेगलेको अवस्थामा मृत फेला


मध्यान्तर
  • बुधबार, असार ६ २०८०

  • काठमाडौँ । जापानमा एक नेपाली विद्यार्थी शव सडेगलेको अवस्थामा कोठामा मृत फेला परेका छन् ।

    जापानको इबाराकीको चुकुवा सिटी कानामेमा रूकुमका ३४ वर्षीय अमृत बुढा कोठामा मृत फेला परेको एनआरएनए जापानका एक सदस्यले जानकारी दिए।

    एनआरएनए जापानका अनुसार उनले सेम्बुन गाक्को सकाएर एउटा कम्पनीमा काम सुरू गरेका थिए। मे २ देखि काममा नगएपछि कम्पनीले अमृतको सोधखोज गरेको थियो। सोधखोज गर्दापनि बुढा नभेटिएपछि सोमबार कोठाका खान्द्रीलाई खबर गरी कोठा खोलेर हेर्दा उनी मृत फेला परेको ति सदस्यले बताए ।

    उनको शव सडेगलेको अवस्थामा फेला परेको ति सदस्यले जानकारी दिए । शव सडेगलेको अवस्थामा रहेकाले जापानमै अन्त्येष्टी गर्न लागिएको उनले बताए।

    प्रतिक्रिया
    थप समाचार