Online Nepal सोमबार, बैशाख २४ २०८१

सर्वोच्चद्वारा भारतीय कांग्रेस नेता राहुल गान्धीमाथिको सजायमा रोक, सांसद पद पुनर्बहाली

सर्वोच्चद्वारा भारतीय कांग्रेस नेता राहुल गान्धीमाथिको सजायमा रोक, सांसद पद पुनर्बहाली


मध्यान्तर
  • शुक्रबार, साउन १९ २०८०

  • काठमाडौँ । भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको सजायमा रोक लगाएको छ ।

    मोदी थर प्रकरणमा गान्धीलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको दुई वर्ष कैदको सजाय सर्वोच्च अदालतले रोकेको बीबीसी हिन्दीले जनाएको छ । यसअघि भारतको गुजरात उच्च अदालतले गान्धीको पुनरावेदन खारेज गरेपछि गान्धी सर्वोच्च अदालत जानुभएको थियो ।

    सर्वोच्च अदालतले सजायमा रोक लगाएसँगै उहाँको सांसद पद पुनर्बहाली भएको छ । सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणविना नै दुई वर्षको सजाय सुनाइएको भन्दै सर्वोच्चले सजायमा रोक लगाएको बीबीसी हिन्दीले जनाएको छ । अदालतले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्याउन आग्रह समेत गरेको छ ।

    सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतको आदेशलगत्तै राहुलको सांसद पद गुमेको थियो । भारतमा दुई वर्षभन्दा बढी कैद सजाय पाएका सांसदको सदस्यता पद खारेज हुने कानुन छ ।

    सन् २०१९ को चुनावी सभामा सबै चोरको थर मोदी नै किन हुन्छ रु भन्दै गरेको भाषणका कारण गान्धीमाथि मुद्दा परेको थियो ।

    प्रतिक्रिया
    थप समाचार