Online Nepal शनिबार, बैशाख २९ २०८१
समाचार

आरम्भ तमाङ रुबिभ्याली म्हेन्दोमाया कलाकार संघको अध्यक्षमा सर्वसम्मतबाट निर्वाचित

आरम्भ तमाङ रुबिभ्याली म्हेन्दोमाया कलाकार संघको अध्यक्षमा सर्वसम्मतबाट निर्वाचित

समग्र तामाङहरुको कला, संस्कृति र रितिरिवाजलाई जगेर्ना गर्नका म्हेन्दोमाया कलाकार संघ को गठन भएको हो ।


नवराज दुवाडी
  • बुधबार, भाद्र २७ २०७५

  • काठमाण्डौ – तामाङहरुको पहिचान, भेषभुषा, कला, संस्कार र संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्दै नेपाल लगायत अन्य देशहरुमा समेत आफ्नो बेक्लै इतिहास बनाउन सफल म्हेन्दोमाया कलाकार संघले रुबिभ्यालीमा पनि नयाँ समिती बनाएका छन् ।

    नयाँ समिती बिस्तार गर्ने क्रममा बिगत लामो समयदेखि आफ्नो जातीय कला र संस्कृतिलाई आफ्नो पहिचान बनाउदै तामाङ कलाकारितालाई एक नयाँ मोड दिन सफल गायक एवं नायक आरम्भ तामाङको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मतबाट निर्वाचित भएको हो ।

    अध्यक्ष आरम्भ तामाङले विभिन्न चर्चित तामाङ गीतहरु दर्शकहरुमाझ ल्याइसकेका छन् जस्तै ( मुस्ताङ गाडिरी , तामाङ ठिटी र पालङ रोरो) लगायत थुप्रै गीतहरु गाइसकेका छन् ।त्यति मात्रै नभै तामाङ फिल्म सिङ्ला म्हानेमा समेत नायकको भुमिका निभाइसकेको छ र उनी अभिनित ङ्हो नामक नयाँ फिल्म आउदो केहि दिनमै प्रदर्शन हुने पनि जानकरी दिएको छ ।

    रुबिभ्यालि म्हेन्दोमाया कलाकार संघको कार्यसमितिमा अध्यक्षमा आरम्भ तामाङ, उपाध्यक्षमा रमेश गोम्ज तामाङ, सचिबमा जयबिर तामाङ, सहसचिवमा राज गोम्ज तामाङ, कोषाध्यक्षमा छिमी मम्बा तामाङ, सह कोषाध्यक्षमा बिनिता तामाङ र सदस्यहरुमा बिमल तामाङ, शान्ती घले र मिकारानी घले रहेका छन् ।

    समग्र तामाङहरुको पहिचानलाई संरक्षण र सम्बर्द्धन गरि कला, संस्कृति र रितिरिवाजलाई जगेर्ना गर्नका लागि रुबिभ्याली म्हेन्दोमाया कलाकार संघ खोलेको र यसले रुबिभ्याली क्षेत्रका तामाङहरुको कला र संस्कृतिको सम्बर्द्धनलाई पनि मद्दत पुग्ने अध्यक्ष आरम्भ तामाङले बताएको छ ।

    प्रतिक्रिया
    थप समाचार