Online Nepal आइतबार, बैशाख १६ २०८१

पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको१०० वर्षमा निधन

पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको१०० वर्षमा निधन


मध्यान्तर
  • बिहिबार, मंसिर १४ २०८०

  • काठमाडौँ । पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको१०० वर्षमा निधन भएको छ । किंसिगर एसोसियट्सले एक वक्तव्य जारी गर्दै विश्वविख्यात कूटनीतिज्ञका रूपमा परिचित किसिन्जरको कनेक्टिकटस्थित निवासमा बुधबार निधन भएको जनाएको हो ।

    विश्वविख्यात कूटनीतिज्ञ तथा नोबेल विजेता हेनरी किसिन्जरको १०० वर्षमा निधन

    किसिन्जरले तत्कालीन अमेरिकी राष्ट्रपतिहरू रिचर्ड निक्सन र जेराल्ड फोर्डको कार्यकालमा विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए ।

    किसिन्जरले सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए । भियतनाम युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्विडिस एकेडेमीले किसिन्जर र भियतनामी कूटनीतिज्ञ ली डक थोलाई त्यस वर्ष संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार दिएको थियो ।

     

     

    प्रतिक्रिया
    थप समाचार