Online Nepal सोमबार, बैशाख २४ २०८१

डा. केसीलाई गेटामा अनसन बस्न अवरोध , धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु

डा. केसीलाई गेटामा अनसन बस्न अवरोध , धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु


मध्यान्तर
  • शनिबार, मंसिर ३० २०८०

  • काठमाडौं । कैलालीको गेटास्थित प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन सुरु गर्न गएका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीले धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका छन् ।

    प्रस्तावित स्वास्थ्य विज्ञान विश्वविद्यालयमा केसीलाई विश्वविद्यालय पुनर्स्थापना सङ्घर्षरत स्थानीयले अवरोध गरेका थिए ।त्यसपछि शुक्रबार राति सात बजेदेखि धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका हुन् ।

    सङ्घर्षरत समूहले डा. केसीलाई विश्वविद्यालय रोकेर प्रतिष्ठान स्थापनाको माग उठाएर विश्वविद्यालय निर्माण प्रक्रियालाई बिथोल्न खोजेको आरोप लगाउँदै अवरोध गरेका हुन् ।

    डा. केसीले भने आफूले गेटामा अवरोध भएपछि लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेको जनाएका छन् । उनी धनगढीमा ती दिन सम्म अनसन बस्ने जनाएका छन् ।

    २०८० फागुन भित्र प्रतिष्ठान बनाउने र फागुन भित्र अध्ययन सुरु गर्ने बताएपछि २० औँ अनशन तोडिएको तर, अहिले त्यो निर्णय कार्यान्वयन नभएपछि पुन अनसन बस्नु परेको केसीले जनाएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार