Online Nepal सोमबार, बैशाख २४ २०८१

दशरथ रंगशालामा दीक्षान्त समारोहले काठमाडौंको सडक अस्तव्यस्त

दशरथ रंगशालामा दीक्षान्त समारोहले काठमाडौंको सडक अस्तव्यस्त


मध्यान्तर
  • सोमबार, पुष २ २०८०

  • काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन विश्वविद्यालयले ४९ दीक्षान्त समारोह सञ्चालन गर्दा काठमाडौंमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ।

    दीक्षान्तका लागि १२ हजार चार सय १५ जति विद्यार्थी र उनका अभिभावक उपस्थिति हुने भएपछि त्यही बाटो आवतजावत गर्ने सवारी साधन जाम बढेको हो।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट एकैपल्ट ठूलो संख्यामा विद्यार्थी, अभिभावकको उपस्थिति भएपछि जाम भएको बताउँछन्।

    सर्वसाधारण यात्रुलाई समस्या नपरोस् भनेर ठूला सामान बोक्ने गाडीलाई कोटेश्वर, कलंकीबाट त्रिपुरेश्वर हुँदै आउन रोक लगाइएको छ। तर पनि त्रिपुरेश्वरमा पार्किङको उचित व्यवस्थापन नहुँदा सडक अस्तव्यस्त भएको उनले जानकारी दिए।

    उनका अनुसार पूर्व र उत्तर रूटबाट आउने सम्पूर्ण सवारी साधनलाई टुँडिखेलमा पार्किङ गर्न भनिएको छ भने कालीमाटी रूटबाट आउने सवारी साधनहरूलाई विश्व निकेतन स्कुलमा पार्किङको व्यवस्था गरिएको छ।

    आज दिनभर त्रिपुरेश्वर रूटमात्र नभई आसपासको सडकमा सवारी चाप बढ्ने भएकाले साँझसम्म जाम हुने उनी बताउँछन्।

    प्रतिक्रिया
    थप समाचार