Online Nepal सोमबार, बैशाख २४ २०८१

मेलवर्नको एक्सचेन्ज टावरमा प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसको नयाँ शाखा सञ्चालनमा

मेलवर्नको एक्सचेन्ज टावरमा प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसको नयाँ शाखा सञ्चालनमा


मध्यान्तर
  • सोमबार, पुष ९ २०८०

  • काठमाडौँ । प्रोफेसनल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले नेपालमा नयाँ शाखा सञ्चालनमा ल्याउने भएको छ । नेपालमा उद्घाटन हुने उक्त शाखाको नाम भने नेपाल प्रोफेसनल भिसा एण्ड एजुकेशन सर्भिसेस रहने छ ।

    काठमाडौंको व्यवसायिक केन्द्र मानिएको सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा मुख्यालय रहने उक्त शाखाको वैशाख१३ गते हुनेछ ।

    आफ्ना सेवाग्राहीलाई गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आएको प्रोफेसनल भिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो । यसले आफ्नो स्थापनाकालदेखि नै आफ्नो सेवाका कारण प्रतिष्ठा कमाएको छ । सर्भिसेसले निरन्तर शिक्षा र आप्रवासन ९माईग्रेसन० सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ ।

    कम्पनीले आफ्नो गुणस्तरीय सेवाका कारण विभिन्न अवार्डसमेत हात पारिसकेको छ । कम्पनीले सन् २०२२/२३ मा शीर्ष–३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मलविजनेस च्याम्पियन फाईनलिष्ट, लोकलविजसेन अवार्ड–२०२२ को विजेता र लोकलविजनेस अवार्ड–२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरेको छ ।

    प्रोफेश्नलभिसा एण्ड सर्भिसेसका सिइओ निशान्त शर्माले नेपालमा सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

    ‘हामी नेपालमा पनि आफ्नो सेवा विस्तार गर्न र नेपाली विद्यार्थीलाई भरपर्दो, उच्च गुणस्तरको शिक्षा र आप्रवासन सम्बन्धी सेवा प्रदान गर्न पाउँदा खुशी र हर्षित छौं,’ उनले भने ।

    प्रतिक्रिया
    थप समाचार