Online Nepal सोमबार, बैशाख १७ २०८१

साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई भब्य स्वागत

साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई भब्य स्वागत


मध्यान्तर
  • सोमबार, कार्तिक १ २०७८

  • काठमाडौँ ।  साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई भब्य स्वागत गरिएको छ । टोलि सोमबार नेपाल फर्किएको छ। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  ब्यान्ड बाजा बजाएर भब्य स्वागत गरिएको थियो।

    स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफै विमानस्थल पुगेका थिए।उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे। साथै सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए।
    साफ च्याम्पियनसिपमा नेपालले पहिलोपटक फाइनल पुग्दै इतिहास बनाएको थियो। फाइनलमा भारतसँग ३-० ले पराजित हुँदा नेपाल उपविजेतामै सीमित बन्न परेको थियो।

     

     

     

    प्रतिक्रिया
    थप समाचार