Online Nepal आइतबार, बैशाख २३ २०८१

ब्रान्डेड सामानसहित ‘ग्यारेज इन्क एप’को सेवा आरम्भ

ब्रान्डेड सामानसहित ‘ग्यारेज इन्क एप’को सेवा आरम्भ


मध्यान्तर संवाददाता
  • शनिबार, माघ ११ २०७६

  • काठमाडौं । ग्यारेज इन्क एप नेपालमा सर्वप्रथम विविध ब्रान्डेड सामान सहितको ग्यारेज सञ्जाल हो । उक्त एपको सुरुवात गर्दे प्रमुख आतिथ्य गरिरहेका काठमाण्डौ महा–नगरपालिकाका मेयर विधा सुन्दर शाक्यले प्रविधि प्रयोगबाट सवारी धनीले सहजै विभिन्न सेवा उपभोग गर्न पाउनेमा विश्वस्त भएको बताएका छन् । यस ग्यारेज एप सञ्जालमा दर्तावाला ग्यारेजलाई मात्र मात्र प्राथमिकता दिँदै, त्यस्तो आधिकारिक ग्यारेजका भौतिक पूर्वाधार माप दण्ड तोकिनु पर्ने उनले सुझाएका थिए ।

    यो एप मार्फत अटो सम्बन्धी सम्पूर्ण सेवा उपल्वध हुनेछ । एपलाई पर्सनल कम्प्युटर र मोबाइल दुबैमा प्रयोग गर्ने सकिन्छ । आफ्नो सवारी साधन मर्मत, सर्भिसिंग तथा पार्टपुर्जाको लागि आफु अनुकूल समयमा बुकिङ गरी सेवा लिन सकिने छ । ब्लु बुक नवीकरण तथा बिमा सेवा पनि उपलब्ध गराउँदै नवीकरण गर्ने मिति सु–सूचित गर्ने व्यवस्था गरिएको छ । सवारी साधनको सर्भिसिंग खर्चको हिसाब किताब राख्ने व्यवस्था मिलाएको छ ।

    त्यस्तै एपले आवश्यक ओरिजिनल पार्ट पुर्जाका मूल्य समेत उपवध हुने, सहरी क्षेत्रमा अत्यधिक प्रयोग गरिने दुई पाङग्रे मोटरसाइकल प्रयोगकर्ता लक्षित सबै ब्रान्डका सामन र सेवा एउटै छाना मुनी उपल्वध गराएको छ । अघिल्लो पटक गरिएको सर्भिसिङ र फेरिएका पार्ट पुर्जाका रेकर्डलाई समेटदै प्रयोगकर्तालाई थप सहज बनाएको छ ।

    यस एपको सञ्जाल अन्तर्गत हाल काठमाडौँ उपत्यका भित्रका प्रमुख २० आधिकारिक ग्यारेजलाई समेटिएको छ । आगामी दिनमा देशभरका ग्यारेजहरूलाई यस एप सञ्जालमा राखी सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले बताएको छ ।

    प्रतिक्रिया
    थप समाचार