Online Nepal शनिबार, बैशाख २९ २०८१

यातायातमा जोर- बिजोर प्रणाली हट्यो

यातायातमा जोर- बिजोर प्रणाली हट्यो


मध्यान्तर
  • बिहिबार, पुष २ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा लाग्दै आएको जोरबिजोर प्रणाली खुला भएको छ । बिहीबार जिल्ला  प्रशासन कार्यालयना सरोकारवाला  र यातायात व्यवसायीबीच ४ महिनादेखि लाग्दै आएको जोरबिजोर प्रणाली शुक्रबारदेखि अन्त्य गर्ने सहमति भएको हो ।
    जोरबिजोर प्रणालीको अन्त्य गर्नुपर्ने माग गर्दै आएका यातायात व्यवसायी तथा मजदूरहरुले शुक्रबारदेखि जोरबिजोर प्रणालीको अवज्ञा गर्ने घोषणा गरेसँगै प्रशासन आफ्नो पूर्वनिर्णयबाट पछि हटेको हो । बैठकमा प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा यातायात मजदुरका प्रतिनिधिको सहभागिता थियो । सो बैठकले गत साउन २१ गतेदेखि लाग्दै आएको जोरबिजोर प्रणाली हटाउने एक बुँदे सहमति गरेको हो ।

    सार्वजनिक यातायात मात्रै नभएर शुक्रबारदेखि सबै प्रकारका यातायातमा लाग्दै आएको जोरबिजोर प्रणाली पनि हट्ने भएको छ । यसबारे प्रशासनले पनि यसअघि जारी आदेशलाई फिर्ता लिनेगरी अर्को आदेश जारी गरिसकेको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार