Online Nepal मंगलबार, बैशाख १८ २०८१

मन्त्री छान्न कांग्रेसले दियो देउवालाई जिम्मा

मन्त्री छान्न कांग्रेसले दियो देउवालाई जिम्मा


मध्यान्तर
  • बिहिबार, चैत्र १६ २०७९

  • काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।

    बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको जिम्मेवारी सभापति देउवालाई दिएको कांग्रेसका एक नेताले जानकारी दिए ।

    पार्टीका शीर्ष नेताहरुसँग आपसी छलफल गरेर सभापति देउवाले निर्णय गर्ने उनले बताए ।

    उनका अनुसार कांग्रेसको भागमा परेको ८ वटै मन्त्रीको नाम पठाउने वा नपठाउनेबारे प्रधानमन्त्रीले निर्णय गर्नेछन् ।

    आजको बैठकमा १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवार समेत कांग्रेसले टुंग्याएको छ । जसअनुसार चितवन क्षेत्र नं २ मा जितनारायण श्रेष्ठ र तनहुँ क्षेत्र नं १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार