Online Nepal आइतबार, बैशाख २३ २०८१

अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा दर्शकहरुको उलेख्य सहभागिता

अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा दर्शकहरुको उलेख्य सहभागिता

विजेतालाई ट्रफिसहित एक हजार अमेरिकी डलर


kamala joshi
  • शनिबार, मंसिर ८ २०७५

  • काठमाण्डौ – विभिन्न देशहरू विच संस्कृति आदन प्रदान गर्ने उद्देश्यले नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा शुक्रबार बाट सुरुभएको नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा दर्शकहरुको उल्लासमय सहभागिता रहेको छ । पहिलो पटक सुरुगरिएको यस्तो किसिमको अन्तरदेशीय सांस्कृतिक फिल्म फेष्टिवलमा सहभागि हुने दर्शकहरुको भिड लाग्ने गरेको छ । फरक फरक देशहरुबाट चलचित्रहरु कार्यक्रममा सहभागि गराईएकाले पनि बाह्य संस्कृति प्रति उत्सुकता राख्ने विद्धान तथा बुद्धिजिवीहरुको स्स्फुर्त रुपमा सहभागिता रहदै आएको छ ।


    आयोजक समितिका व्यवस्थापक अर्जुन खरेलका अनुसार शुक्रबार देखी शनिबार सम्म नेपाल पर्यटन बोर्डको हलमा सुरुभएको फेष्टिवलमा झण्डै १५ सय भन्दा बढी दर्शकहरुले अवलोकन गरिसकेका र फेष्टिवल सभ्य र भव्य रुपमा भईरहेको छ । साथै उनले पहिलो पटक भईरहेको यस्तो किसिमको चलचित्र सम्वन्धि सांस्कृतिक कार्यक्रमले ले पक्कै पनि अन्तरदेशीय कला, संस्कृति र सम्बन्धलाई प्रगाढ बनाउनेमो विश्वास व्यक्त गरेका छन् ।
    फेस्टिवलमा विभिन्न १४ वटा देशका २९ चलचित्रहरु प्रतिष्पर्धामा छन् । अन्तिम दिन सोमबार निर्णायक द्धारा छानिएका उत्कृष्ट चलचित्रहरुलाई पुरस्कृत गरिने समेत खरेलले बताएका छन् । अवार्डमा सर्ट्फिल्म ७, फुल लेन्थ फिचर फिल्म ४, डकुमेन्टि फिल्म ४, चिल्ड्रेन फिल्म ५ र ८ वटा महिला फिल्महरु विभिन्न पांच ओटा विधाको लागि प्रतिस्पर्धामा रहेका कार्यक्रमका अध्यक्ष सन्तोष सुवेदीले बताए ।
    फेस्टिवलमा नेपालका चर्चित कलाकारहरुका साथै चीन, भारत, जापान, ताईवान, श्रीलंका, लुथेनियां, फ्रान्स, अमेरीका, बेलायत, अष्ट्रलिया नेपाल लगायत देशका प्रतिनिधीहरुको सहभागिता रहेको छ ।
    फेष्टिवलको अन्तिम दिन फुल लेन्थ फिचर फिल्मका विजेतालाई ट्रफिसहित एक हजार अमेरिकी डलर, डकुमेन्ट्री फिल्मलाई ५०० अमेरिकी डलर, चिल्ड्रेन फिल्म, सर्ट फिल्म र महिलासम्बन्धी बनेका फिल्मलाई ट्रफिसहित २५० / २५० अमेरिकी डलर पुरस्कारका का साथै ट्रफिर प्रमाण पत्र प्रदान गरिने छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार