Online Nepal सोमबार, बैशाख १७ २०८१

बक्स अफिसमा दोस्रो दिन ओरालो लागि शाहरुखको जिरो फल्प सावित

बक्स अफिसमा दोस्रो दिन ओरालो लागि शाहरुखको जिरो फल्प सावित


मध्यान्तर
  • सोमबार, पुष ९ २०७५

  • मुम्बई। बलिउडका किङ्ग खान भनेर चिनीने शाहरुख खान अभिनित फिल्म जिरोले दोस्रो दिनमा नै बक्स अफिस कलेक्सन ओरालो लागेको छ। पहिलो दिन नै आशा गरिए भन्दा कम रहेको कलेक्सन दोस्रो दिन १० प्रतिशतले कम भएको हो ।

    जिरोले दोस्रो दिन भारतमा १८ करोड २२ लाख मात्र कलेक्सन गरेको बलिवुड फिल्म विश्लेषक तरुण आदर्सले जानकारी दिएका छन्। जिरोले पहिलो दिन २० करोड १४ लाख कलेक्सन गरेको थियो । दुई दिनमा फिल्मले घरेलु बक्स अफिसमा ३८ करोड ३६ लाख कलेक्सन गरेको छ। शाहरुख खानको स्टारडम अनुसार पहिलो दिन र दोस्रो दिनको कलेक्सन निराशाजनक देखिएको हो ।

    बलिवुड फिल्म विश्लेषक तरुण आदर्सका अनुसार फिल्म करिब ४४ सय स्क्रिनमा रिलिज हुँदा पनि आशा अनुसार कलेक्सन गर्न असफल भएको छ। क्रिसमस र सार्वजनिक बिदा भएकाले आइतबार र सोमबारको कलेक्सन फिल्मका लागि महत्वपूर्ण हुने बताइएको छ। तर आम रुपमा पहिलो दिनपछि दोस्रो दिनमा कलेक्सन बढ्नु पर्नेमा जिरोको केसमा कलेक्सन घट्नु चिन्ताको विषय भएको उनले बताएका छन्। पहिलो २ दिनको कलेक्सनलाई विश्लेषण गर्दा फिल्मले आफ्नो लगानी समेत उठाउन मुश्किल हुने देखिएको छ।

    फिल्मलाई फिल्म विश्लेषकहरुले खराब रिभ्यु दिएका छन्। फिल्मले दोस्रो हाफ निराश बनाएको उनीहरुले बताएका छन्। फिल्म करिब २ सय करोडको लागतमा बनेको हुनाले फिल्म बक्स अफिसमा हिट हुने सम्भावना कम देखिएको छ।

    यस फिल्ममा शाहरुख खानसहित अनुष्का शर्मा र कट्रिना कैफको प्रमुख भूमिका रहेको छ। फिल्ममा शाहरुख खान होचो कदका मानिस बउवा सिंहको भूमिकामा रहेका छन्। त्यस्तै अनुष्का शर्माले फिल्ममा हिड्न नसक्ने र व्हिल चेयरमा बस्ने बैज्ञानिकको भूमिकामा रहेकी छन्। त्यस्तै कट्रिना कैफ भने फिल्ममा एक चर्चित हिरोइनको भूमिकामा रहेकी छन्।

    जिरोका केहि रोचक पक्ष ः

    यस फिल्मका केहि रोचक पक्ष रहेका छन्। अभिनेत्री अनुष्का शर्माले फिल्ममा आफ्नो भूमिकाका लागि निकै मिहिनेत गरेकी छन्। सेरिब्रल पल्सि रोगले पिडितको भूमिकाका लागि अनुष्काले एक महिनासम्म आफ्नो घरमा व्हिलचेयरमा बसेर अभ्यास गरेकी थिइन्। त्यस्तै अनुष्काले तीन महिनासम्म एक थेरापिष्टसँग वर्कसप गरेकी थिइन् ताकि यस रोगबाट ग्रसित बिरामी जस्तो देखिने अभिनय फिल्ममा गर्न सकियोस।

    फिल्ममा कट्रिना कैफको भूमिका छोटो रहेको बताइएको छ। फिल्ममा कट्रिना करिब २५ मिनेट मात्र स्क्रिनमा देखिने छन् तर निर्देशक आनन्द एल राय र शाहरुख खानले फिल्ममा उनको भूमिका महत्वपूर्ण रहेको बताएपछि फिल्म साइन गरेको बताइन्छ।

    फिल्ममा अभिनेता अभय देओल र माधवनको पनि विशेष भूमिका रहेको बताइएको छ। आनन्द एल रायको फिल्म तनु वेड्स मनुमा अभिनय गरेका माधवन जिरोमा छोटो भूमिकामा देखिने छन्। त्यस्तै आनन्दको अर्को फिल्म रझाणामा देखिएका अभयपनि यस फिल्ममा छोटो भूमिकामा देखिने छन्।

    यस फिल्मको केहि भागको सुटिंग मुम्बईमा भएको हुनाले शाहरुखले ट्राफिक छल्न आफ्नो घरबाट सुटिंग स्पटसम्म पुग्न हेलिकप्टरबाट आवतजावत गरेका थिए।

    फिल्मको शिर्ष सुरुमा जिरो थिएन। सुरुमा फिल्मको शिर्षक ुकट्रिना मेरी जानु रहेको थियो। पछि फिल्मको नाम जिरो राखियो। शाहरुखले एक अन्तर्वार्तामा फिल्मको शिर्षक जिरो पनि नराखेर हरामी राख्न चाहेको बताएका थिए। किनकी फिल्ममा उनको भूमिका त्यस्तै रहेको उनले बताएका छन्।

    प्रतिक्रिया
    थप समाचार