Online Nepal सोमबार, बैशाख १७ २०८१

भारतीय अभिनेता महेश बाबूले वस्तु तथा सेवाकर नतिरेको भन्दै २ बैंक खाता रोक्का

भारतीय अभिनेता महेश बाबूले वस्तु तथा सेवाकर नतिरेको भन्दै २ बैंक खाता रोक्का


मध्यान्तर
  • शुक्रबार, पुष १३ २०७५

  • काठमाडौं । भारतीय अभिनेता महेश बाबूका २ वटा बैंक खाता बन्द गरिएका छन् । भारतीय सञ्चार माध्यमले जर्नाए अनुसार महेशले सन् २००७ र २००८ मा तिर्नुपर्ने वस्तु तथा सेवा करवापतको १८ दशमलव ५ लाख रुपैयाँ हाल सम्म पनि नतिरेपछि उनका बैंक खाताहरु बन्द गरिएका हुन् ।

    महेश बाबूले २ वर्षमा ब्रान्ड एम्बेस्डर, अभिनय तथा अन्य उत्पादकीय क्षेत्रको प्रचारका लागि गरेको विज्ञापनबाट प्राप्त रकमको करयोग्य भुक्तानी अहिलेसम्म तिरेका छैनन्। जसका कारण उनको एक्सिस बैंक र आइसीआइसीआई बैंकमा रहेको ७३ दशमलब ५ लाख भारतीय रुपैयाँ भएका २ वटा बैंक खाता रोक्का गरिएको हैदरबादस्थित वस्तु तथा सेवा कर कार्यालयले जनाएको छ।

    सर्वाधिक कमाइ गर्ने दक्षिण भारतीय अभिनेताहरुको अघिल्लो सूचीमा रहेका महेशको कूल अनुमानित सम्पत्ति भने १ सय ४० करोड भारतीय रुपैयाँ भन्दा बढी रहेको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ।

    महेशले कुनै एक फिल्मका लागि १८ देखि २० करोड भारुसम्म पारिश्रमिक लिने गर्दछन्।

    प्रतिक्रिया
    थप समाचार