Online Nepal मंगलबार, बैशाख १८ २०८१

दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्न शिक्षा मन्त्रालयको परिपत्र

दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्न शिक्षा मन्त्रालयको परिपत्र


मध्यान्तर
  • बुधबार, बैशाख ५ २०८१

  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्न परिपत्र गरेको छ । मन्त्रालयले कारबाहीका लागि मानव स्रोत विकास केन्द्र (सीएचआरडी) लाई परिपत्र गरेको हो ।
    मन्त्रालले दलमा आवद्ध भएका र सदस्यता लिएका शिक्षकहरुको विवरण सीएचआरडीलाई पठाइसकेको छ ।

    शिक्षा ऐनमा रहेको व्यवस्थाअनुसार नै दलमा आवद्ध भएका शिक्षकहरुबारे अनुसन्धान गरेर कारबाहीको तयारी थालिएको हो । शिक्षा ऐनमा ‘शिक्षक वा कर्मचारी राजनैतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइने’ सम्मको व्यवस्था रहेको छ ।

    मन्त्रालयको परिपत्रपछि सीएचआरडीले शिक्षा विकास तथा समन्वय इकाइलाई दलमा आवद्ध भएको शिक्षकमाथि छानविन र अनुसन्धान गर्न परिपत्र गर्नेछ । त्यसपछि इकाइले दलमा आवद्धता रहेका शिक्षकमाथि अनुसन्धान गरेर कारबाहीका लागि प्रदेश शिक्षा निर्देशनालयलाई परिपत्र गर्नेछ ।

     

     

    प्रतिक्रिया
    थप समाचार