Online Nepal बिहिबार, असार ३२ २०८३

सुनिल पौडेललाई आठ वर्ष ६ महिना कैद सजाय

सुनिल पौडेललाई आठ वर्ष ६ महिना कैद सजाय


मध्यान्तर
  • बिहिबार, असार ३२ २०८३

  • काठमाडौँ। राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनिल पौडेललाई घुस लिएको मुद्दामा विशेष अदालतले आठ वर्ष ६ महिना कैद सजाय सुनाएको छ।’

    केन्द्रका लागि ‘सेक्युरिटी अप्लायन्स र नेटवर्क इक्विपमेन्ट’ खरिद गर्दा २ लाख ८० हजार अमेरिकी डलर (नेपाली ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँ) घुस लिएको ठहर गर्दै न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार सजाय निर्धारण गरेको हो। अदालतले पौडेललाई घुस लिएको कसुरमा ८ वर्ष र कार्यकारी निर्देशक जस्तो जिम्मेवार पदमा रहेर उक्त कार्य गरेकाले थप ६ महिना गरी कुल साढे आठ वर्ष कैद सुनाएको हो।

    अदालतले पौडेलसँगै घुस दिने कार्यमा संलग्न भारतीय नागरिक दिपक आनन्दलाई पनि दोषी ठहर गरेको छ। दुवै प्रतिवादीविरुद्ध कायम भएको कुल बिगोलाई दामासाही गर्दै जनही १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना र जनही ६ लाख १७ हजार ८ रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश दिइएको छ। यस घटनामा घुस लेनदेनबारे संवाद भएको प्रमाण फेला परे पनि रकम भने बरामद हुन सकेको थिएन। पौडेल विरुद्ध यसअघि गत असार ३० गते गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा साढे २ वर्ष कैद र १२ करोड ७५ लाखभन्दा बढीको सम्पत्ति जफत गर्ने फैसला भएको थियो भने असार २५ गते नेपाल टेलिकमको बिलिङ प्रणाली भ्रष्टाचार मुद्दामा उनले सफाइ पाएका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार