काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै कोइरीलाई थुनामा राख्ने निर्णय कानुनसम्मत नभएको भन्दै रिहा गर्न आदेश दिएको हो।
कोइरीका छोरा मनोज कुमार महतोले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।