Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

राष्ट्रिय सभामा पुग्याे नागरिकता विधेयक

राष्ट्रिय सभामा पुग्याे नागरिकता विधेयक


मध्यान्तर
  • आइतबार, भाद्र १२ २०७९

  • काठमाडौँ । प्रतिनिधिसभाले पास गरेको १० दिनपछि नागरिकता विधेयक राष्ट्रिय सभामा पुगेकाे छ ।

    राष्ट्रिय सभाको बैठक दिउँसो १ बज्ने बैठकमा विधेयक प्रस्तुत हुने कार्यक्रम रहेकाे छ । सम्भावित कार्यसूची अनुसार बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।

    यसअघि संघीय संसदका दुवै सदनबाट पारित भई नागरिकता विधेयक साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै विधेयकलाई प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन् ।

    फिर्ता भएको विधेयक प्रतिनिधिसभाबाट २ भदौमा हुबहु पारित भइसकेको छ । राष्ट्रियसभाबाट पारित भएमा विधेयक पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइने छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार