Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित

विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित


मध्यान्तर
  • बुधबार, भाद्र १५ २०७९

  • फाइल तस्बिर

    काठमाडौं । राष्ट्रियसभाको विधायन समितिले नागरिकता विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ । समितिका सदस्यहरुको बहुमतले कुनै शंसोधनबिना हुबहु विधेयक पारित गरेको हो ।

    विधायन समितिमा १५ जना सदस्य रहेका छन् । उनीहरुमध्ये एमालेका तीन जनाले फरक मतका रुपमा छुट्टै प्रस्ताव राखेका थिए । यसैगरी, स्वतन्त्र हैसियतका खिमलाल देवकोटा र विमला राई पौडेलले पनि फरक मर्त दर्ज गरे । तर, बाँकी १० जना सदस्यहरु यथास्थितिमा विधेयक पारित गर्नुपर्ने बताएका थिए  ।

    विधायन समितिले भोलि नै राष्ट्रिय सभामा प्रतिवेदन पठाउने छ । राष्ट्रिय सभाले पनि भोलि नै विधेयक पारित गर्ने तयारी रहेको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार