Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

चुनाव प्रभावित पार्न नागरिकता विधेयक ल्याइएको होइन : गृहमन्त्र खाँण

चुनाव प्रभावित पार्न नागरिकता विधेयक ल्याइएको होइन : गृहमन्त्र खाँण


मध्यान्तर
  • बिहिबार, भाद्र २ २०७९

  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक चुनाव प्रभावित पार्नका लागि नल्याएको बताएका छन् ।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको विधेयकको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले लाखौँ नागरिकलाई नागरिकता दिन विधेयक ल्याइएको बताए ।

    बरु तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेश ल्याउने क्रममा राज्य व्यवस्था समितिको प्रतिवेदनलाई इग्नोर गरेर ल्याएको उनको भनाइ छ । उनले राज्य व्यवस्थाको प्रतिवेदन अनुसार नै अध्यादेश किन नल्याएको भन्दै एमालेलाई प्रश्नसमेत गरे ।

    नागरिकता विधेयक ल्याउनुको कारण खुलाउँदै उनले नागरिकता नभएकाले लाखौँ युवाले विश्वविद्यालयमा पढ्न नपाएको बताए ।

    त्यस्तै, लोकसेवाको परीक्षामा दर्खास्त दिन नपाएको, बैंकमा खाता खोल्न, सिमकार्ड लिनलगायतका समस्या भइरहेको उनले बताए । बाबु र आमा नेपाली नागरिक भएपनि उनीहरूका सन्तानले अंशसमेत आफ्नो नाममा ल्याउन नपाएको जस्ता समस्या रहेको उनको भनाइ छ ।

    गृहमन्त्री खाँणले विधेयकमा व्यवस्था नै नभएको विषयमा धेरै चर्चा भएको पनि बताए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार