Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

दफावार छलफलका लागि विषयगत समितिमा नागरिकता विधेयक

दफावार छलफलका लागि विषयगत समितिमा नागरिकता विधेयक


मध्यान्तर
  • आइतबार, भाद्र १२ २०७९

  • काठमाडौँ । राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकमाथि दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पुगेको छ ।

    आइतबार बसेको दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

    सदनमै छलफल गर्नुपर्ने बताउँदै आएको सरकार र सत्तारुढ गठबन्धन पछाडि हटेपछि यो विधेयक विधायन व्यवस्थापन समितिमा पुगेको हो ।

    दफावार छलफलको लागि विधेयकलाई सम्बन्धित समितिमा पठाएकाले यो विधेयकमाथि दफावार छलफल गर्नेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेस गर्नेछ ।

    समितिको प्रतिवेदन प्रस्तुत भएपछि त्यसको प्रतिवेदन सदस्यलाई वितरण गरिनेछ । सभामुखले अन्यथा आदेश दिएमा बाहेक समितिको प्रतिवेदन वितरण भएको चौबीस घण्टापछिको कुनै बैठकमा विधेयक अगाडि बढाउन सकिन्छ ।

    राष्ट्रियसभाको अर्को बैठक भदौ १६ गतेका लागि बाेलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार