Online Nepal शनिबार, बैशाख २२ २०८१

थप ४ सय ३८ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

थप ४ सय ३८ जनामा कोरोना संक्रमण, दुईको मृत्यु


मध्यान्तर
  • शनिबार, साउन १४ २०७९

  • काठमाडौं । पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।

    No photo description available.

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार