नाै महिना काेखमा बाेकी हुर्कायौ आमा
पलङ बन्न सकिन ।
आहा ! सुन्दर धर्ती टेकायाै आमा,
बैशाली बन्न सकिन ।
ताेते बाेली बाेल्न सिकायाै आमा,
दाेहाेराे बाेल्न सकिन ।
विरह, वेदनाले आशुँ झार्छिन् आमा,
रूमाल बन्न सकिन ।
असैह्य पीडाले छटपटाउ छिन् आमा,
मलम बन्न सकिन।
खै कस्ताे भाग्य रैछ मेरी आमा ?
भाग्य काेर्न सकिन ।
सारा जीवन मेरै निम्ति सुम्प्याै आमा,
एक पल दिन सकिन ।
आफैँ सबै रित्याएर अझै दिदै छाै आमा,
सह बन्न सकिन ।
कति चाेट, व्यथाले बिरामी पर्याै आमा,
औषधी बन्न सकिन ।
अनगिन्ती लात्ती, गाली सह्याै आमा,
उपदेश सुन्न सकिन ।
धेरै सपना बुनी मिहिनेत गर्याै आमा,
फल दिन सकिन ।
ऊर्जा नपाएर जिङ्ग्रिङ्ङ भयाै आमा,
खुराक बन्न सकिन ।
उकाली ओराली हिड्न सकेनौं आमा,
साहस बन्न सकिन ।
मनाेरम धर्ती धमिलाे देख्न थाल्यौं आमा,
दृष्टि बन्न सकिन ।
दुःख, पीर, चिन्ताले बुढ्याैली छाेयाे आमा,
बहार बन्न सकिन ।
जन्मदेखि अहिलेसम्म सेवा गर्याै आमा,
सेवक बन्न सकिन ।