Online Nepal शुक्रबार, बैशाख २८ २०८१

एनआइसि एसिया बैंकको नाफामा बृद्दि

एनआइसि एसिया बैंकको नाफामा बृद्दि


मध्यान्तर
  • शुक्रबार, साउन ३० २०७७

  •  एन आई सी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा राम्रो स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू अत्यन्त उत्साहजनक रहेका छन् ।  यस बैंकले गत आर्थिक वर्षमा प्रति शेयर आम्दानी रू. ३२.१२ आर्जन गर्न सफल भएको छ ।  ज्यादै कम वाणिज्य बैंकहरू मध्ये यस बैंकले ३ प्रतिशत (रू. ९.८ करोड) को वृद्धि सहित रू. ३ अर्ब १२ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आ.व. २०७५/७६ को सोही अवधीको खुद मुनाफा रू. ३ अर्ब २ करोड रहेको थियो । बैंकको स्वपुँजीमा प्रतिफल १९.४१ प्रतिशत रहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार