Online Nepal शुक्रबार, बैशाख २८ २०८१

प्रभु बैंकको नाफा १ अर्ब ३६ करोड रुपैयाँ

प्रभु बैंकको नाफा १ अर्ब ३६ करोड रुपैयाँ


मध्यान्तर
  • शनिबार, साउन ३१ २०७७

  • काठमाडौं । प्रभु बैंकले आर्थिक बर्ष २०७६ /७७ मा १ अर्ब ३६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कोरोनाका कारण बैंकको उठ्नु पर्ने ब्याज आम्दानी समेत  नउठ्दा बैकको नाफामा  केहि गिरावट आएको हो ।बैंकले  अघिल्लो आर्थिक  बर्ष २०७५/ ७६ मा १ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो बर्षको सोही अबधिको तुलनामा गत आबमा बैंकको उक्त नाफा ४२ करोड रुपैयाँले कमि हो । सो अबधिमा बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

    हाल बैैकको चुक्ता चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको बैंकले २०७७ असार मसान्तसम्म आईपुग्दा १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । सो अबधिमा बैंकले आफ्नो निक्षेप संकलन भने उच्च वृद्धि गर्न सफल भएको छ । यसैगरी सोही अबधिमा बैंकले ९९ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    कोरोनाको माहामारी असरमा पनि बैंकले आफ्नो खराब कर्जा भने घटाउन सफल भएको छ । सो अबधिसम्म आईपुग्दा बैंकको खराब कर्जा घट्दै कुल कर्जा प्रबाहको २.८१ प्रतिशतमा झरेको छ । जबकि अघिल्लो आबको सोही अबधिमा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको ३.७६ प्रतिशत रहेको थियो ।

    सो अबधिमा बैंकको प्रति सेयर आम्दानी (इपिएस) भने १३.९३ रुपैयाँ रहेको छ । सार्थ बैंकको कर्जा निक्षेप अनुपात ६६.९६ प्रतिशत रहेको छ भने वेस रेट ८.३२ प्रतिशत बेसरेट र स्प्रेडदर ३.५७ प्रतिशत छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार