Online Nepal शुक्रबार, बैशाख २८ २०८१

समग्र बाणिज्य बैकको नाफा ५१ अर्ब, सेयरधनिलाई ११ प्रतिशतसम्म लाभांश

समग्र बाणिज्य बैकको नाफा ५१ अर्ब, सेयरधनिलाई ११ प्रतिशतसम्म लाभांश


मध्यान्तर संवाददाता
  • शनिबार, साउन ३१ २०७७

  • काठमाडौं । २६ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६र७७ मा ५१ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका २७ वाणिज्य बैंकमध्ये हालसम्म चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका बैंक तथा वित्तीय संस्थाहरुले यो अवधिमा कुल ५० अर्ब ९० करोड २९ लाख रुपैंया नाफा कमाएको देखिएको हो । यसरी नाफा कमाउने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक ४ अर्ब ४५ करोड नाफा कमाएको छ ।

    त्यस्तै, नबिल बैंकले ३ अर्ब ५६ करोड, एनआईशी एशिया बैंकले ३ अर्ब १२ करोड, ग्लोबल आईएमई बैंकले ३ अर्ब ८ करोड नाफा कमाएर ३ अर्ब भन्दा बढी नाफा कमाउने बैंकको सूचीमा परेका छन् । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, प्राइम कमर्शियल बैंक, एनएमबि बैंक, र सिद्धार्थ बैंकको नाफा २ अर्ब भन्दा बढी नाफा कमाएका छन् ।

    त्यसबाहेक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू, नेपाल एसबीआई बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, एनसीसी बैंक र सिटिजन्स बैंकको नाफा १ अर्ब भन्दा बढी छ । सेञ्चुरी बैंक र सिभिल बैंकको नाफा मात्रै यो वर्ष १ अर्ब भन्दा कम रहेको देखिएको छ । कृषि विकास बैंकले भने अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

    यो वर्ष अधिकांश बैंकहरुको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । मर्जर प्रक्रिया सम्पन्न गरेका बैंकहरु बाहेक यो वर्ष अधिकांश बैंकको नाफा घटेको हो । एनआईशी एशिया बैंक र लक्ष्मी बैंक भने मर्जरमा नगए पनि नाफा भने यो वर्ष नाफामा सामान्य सुधार देखिएको छ । यसरी अधिकांश बैंकको नाफा घट्दा समग्र बैकिङ क्षेत्रको नाफामा अघिल्लो वर्षको तुलनामा खुद नाफामा करिब २० अर्बको कमी आउने देखिएको छ ।

    कोभिड–१९ का कारण थलिएको अर्थतन्त्रमा पनि सन्तोषजनक नाफा गरेका बैंकहरुको सेयरधनीलाई बाँड्न पाउने लाभांश औसतमा न्युन छ । ५१ अर्ब रुपैंयाको खुद नाफामध्ये २६ वटा बैंकहरुले ३० अर्ब रुपैंया मात्रै सेयरधनीहरुलाई बाँड्न पाउनेछन् । बाँकी नाफा रकम विभिन्न संचित कोषहरुमा राख्नुपर्ने बाध्यात्मक व्यवस्था रहेकाले २ खर्ब ६६ अर्ब रुपैंया चुक्ता पुँजी भएका बैंकहरुको लाभांश करिब ११.१५ प्रतिशत मात्रै हो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार