Online Nepal शनिबार, बैशाख २९ २०८१

एनआरएन लघुबित्तले एफपीओ जारी गर्ने

एनआरएन लघुबित्तले एफपीओ जारी गर्ने


मध्यान्तर
  • शुक्रबार, भाद्र ५ २०७७

  •  काठमाडौ । एनआरएन लघुवित्तले थप साधराण शेयर निष्काशन (एफपिओ) जारी गर्ने प्रस्ताव गरेर विशेष साधारणसभाको आह्वान गरेको छ। लघुवित्तले भदौ २० गते कैलालीको धनगढीमा विशेष साधारण सभा आह्वान गरेको छ ।चार लघुवित्त संस्थाहरुलाई गाभेर आफुमा गाभेको एनआरएनले सर्वसाधारणमा एफजीओ जारी गर्ने भएको हो। साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लघुवित्तले एफपीओ बिक्रीमा ल्याउने छ।

    एनआरएन लघुवित्त वित्तीय संस्थाले क्रिएटिभ र रामारोशन लघुवित्तलाई गाभेको थियो भने किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तलाई समेत गाभेर एकिकृत कारोबार सुरु गरीसकेको छ। यसअघि लघुवित्तले आफुमा गाभेको थियो ।

    विशेष साधारण सभाले संस्थाको नाम र ठेगाना परिवर्तन गर्ने तथा कर्पोरेट कार्यालय काठमाडौंमा स्थापना गर्ने समेत प्रस्ताव लैजादै छ।त्यसैगरी सभामा संस्थापक तर्फको ४ जना र सर्वसाधारण समुहको २ जना गरी जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि साधरण  सभामा लैजादै छ।हाल लघुवित्तको चुक्ता पूँजी ५२ करोड रुपैयाँ छ।

    प्रतिक्रिया
    थप समाचार