Online Nepal शुक्रबार, बैशाख २८ २०८१

सिभिल बैंक लिमिटेडको ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने

सिभिल बैंक लिमिटेडको ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने


मध्यान्तर
  • शुक्रबार, असोज १६ २०७७

  • काठमाडौं । सिभिल बैंक लिमिटेडले संस्थापक समूहतर्फको ८ लाख ६७ हजार ६०४ कित्ता शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको छ।

    लिलामीमा आएको सो शेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनी, बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असोज १६ गतेदेखि ३० गतेभित्र बोलपत्र पेश गर्नु पर्नेछ।

    शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन। लगानीकर्ताले सिभिल क्यापिटल मार्केट सुन्धारामा आवेदन बुझाउनु पर्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार