Online Nepal शुक्रबार, बैशाख २८ २०८१

२२ मेगावाटको सेती खोला जलद्यिुत आयोजनालाई कुमारी  बैंकले वित्तीय व्यवस्थापन गर्ने 

२२ मेगावाटको सेती खोला जलद्यिुत आयोजनालाई कुमारी  बैंकले वित्तीय व्यवस्थापन गर्ने 


मध्यान्तर
  • सोमबार, असोज १९ २०७७

  • काठमाडौं । निजी लगानीमा निर्माण हुन लागेको २२ मेगावाटको सेती खोला जलद्यिुत आयोजनालाई कुमारी  बैंकले वित्तीय व्यवस्थापन गर्ने  भएको छ । सेती खोला हाइड्रोपावरले निर्माण गर्न लागेको सो आयोजनामा कुमारी बैंकको अगुवाइमा ३ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ ।

    आयोजनामा कुमारीको अगुवाइमा नेपाल इन्फास्ट्रक्चर बैंकको सहवित्तीयकरणमा ३ अर्ब २५ करोड रुपैंया बराबरको ऋण लगानी सम्झौता भएको हो । आयोजनामा कुमारीले २ अर्ब र नेपाल इन्फास्ट्रक्चर बैंकले १ अर्ब २५ करोड रुपैयाा कर्जा लगानी गर्ने भएका छन् । आइतबार कर्जा लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कुमारीको तर्फबाट नायव महाप्रबन्धक रामचन्द्र खनाल, नेपाल इन्फास्ट्रक्चर बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र आयोजनाका तर्फबाट अनुप आचार्य लगायतले हस्ताक्षर गरेका छन ।

    आयोजनाका अनुप आचार्यले विद्यमान प्रतिकुल परिस्थितिका बाबजुद परियोजनाना निर्धारित समयमा सम्पन्न गर्ने प्रतिवद्धता जनाए । नायव महाप्रबन्धक खनालले कुमारीले हालसम्म ४९ वटा वटा विभिन्न परियोजनामा २२ अर्ब ८५ करोड रुपैयाँ बराबरको कर्जा स्वीकृत गरिसकेको जानकारी गराए ।

    इन्फास्ट्रक्चर बैंकका नायव कार्यकारी अधिकृ पाण्डेले बैंकले हालसम्म ७ वटा विभिन्न परियोजनामा जम्मा ८ अर्ब ३५ करोड रुपैयाँ कर्जा स्वीकृत गरेको जानकारी दिए

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार