Online Nepal शुक्रबार, बैशाख २८ २०८१

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर


मध्यान्तर
  • बुधबार, असोज २१ २०७७

  • काठमाडौं । पोखरा महानगरपालिका– ९स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंक लिमिटेडको एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएको छ । मेडिकल कलेज परिसरमा आज मिति २०७७ आश्विन २१ गते मेडिकल कलेजका प्राध्यापक प्रो.डा. रबिन्द्र श्रेष्ठले एक समारोहकाविच प्रभु बैंक लि. गण्डकी मेडिकल कलेज एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेपछि संचालनमा आएको हो ।

    कलेजमा सञ्चालित बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउनेछन् बताइएको छ ।

    बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पु¥याउने प्रण गरेको छ ।

    प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा एटिएम, ५३ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएका० छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार