Online Nepal सोमबार, बैशाख २४ २०८१

एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर किन्ने आज अन्तिम दिन

एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर किन्ने आज अन्तिम दिन


मध्यान्तर
  • बिहिबार, कार्तिक ६ २०७७

  • काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक किन्ने आज बिहीबार अन्तिम दिन हो ।

    आज बिहीबार कार्यालय समयसम्म मात्र सेयर खरिदमा आवेदन दिन सकिनेछ । कम्पनीले असोज २ गतेबाट प्रतिकित्ता न्यूनतम मूल्य ११० रुपैयाँ भाउ राखेर सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

    सेयर बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडमा आवेदन दिनुपर्ने छ ।  न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र कात्तिक २० गते अपरान्ह ३ बजे एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा खोलिनेछ ।

     

    प्रतिक्रिया
    थप समाचार