Online Nepal शुक्रबार, बैशाख २८ २०८१

ग्लोबल आइएमई बैंकमा रत्नराज बज्राचार्यको ‘कम ब्याक’

ग्लोबल आइएमई बैंकमा रत्नराज बज्राचार्यको ‘कम ब्याक’


मध्यान्तर
  • शुक्रबार, साउन ३० २०७७

  • काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रत्नराज बज्राचार्यको ‘कम ब्याक’ भएको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले बज्राचार्यलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।

    भदौ १ गतेदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको बैंकका अध्यक्ष चन्द्र ढकालले बताए । बज्राचार्यलाई ग्लोबल आइएमई बैंकमै कम ब्याक गराउन पाउदा आफूलाई खुसी लागेको अध्यक्ष ढकालले बताए ।

    ग्लोबल आइएमई बैंक अधिकांश सूचकका आधारमा नेपालकै ठूलो बैंक हो । दुई ठूला बैंकहरु ग्लोबल आइएमई र जनता बैंक नेपाल मर्जर भएर बनेको यस बैंकको कार्यकारी नेतृत्व पर्शुराम कुंवरले गरीरहेका थिए ।

    कुंवरले राजिनामा दिए पछि रिक्त रहेको सीईओ पदमा बज्रचार्यलाई लगिएको हो । बज्रचार्य लामो अनुभव भएका बैंकर हुन् । उनी यस अघि सनराइज बैंकको सीईओ थिए । सनराइज बैंक भन्दा अगाडि उनी ग्लोबल आइएमइ बैंककै प्रमुख कार्यकारी अधिकृत थिए ।

    बज्राचार्यसँग बैंक तथा वित्तीय क्षेत्रमा करिव ४० वर्षको अनुभव छ । २० बर्षभन्दा बढी राष्ट्र बैंकमासमेत काम गरिसकेका बज्राचार्य नेपालका वरिष्ठ चाटर्ड एकाउन्टेन्ट समेत हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार