Online Nepal शुक्रबार, बैशाख २८ २०८१
टी-ट्वान्टी

नेपाललाई छैटौं सफलता, अर्धशतक प्रहार गर्ने अनवार आउट

नेपाललाई छैटौं सफलता, अर्धशतक प्रहार गर्ने अनवार आउट


मध्यान्तर
  • बिहिबार, माघ १७ २०७५

  • काठमाडौं । नेपाललाई छैटौं सफलता हात परेको छ । युएईविरुद्धको पहलो टी-ट्वान्टी श्रृंखलामा नेपालका युवा क्रिकेट खेलाडि अविनाश बोहराले छैटौं सफलता दिलाएका हुन् ।

    उनले युएईका लागि सर्वाधिक रन प्रहार गर्ने साहिमान अनवारलाई ५९ रनमा आउट गरेका हुन्। त्यसैगरी युएईका मोहम्मद नावीलाई पनि बसन्त रेग्मीले आउट गरेका छन्।

    कप्तान नाबीलाई बसन्तले १ रनमा आउट गरेका हुन्। बसन्तको यो व्यक्तिगत दोस्रो विकेट हो। पाँचौँ विकेटका रूपमा अनवारलाई बोहराले बोल्ड आउट गरेका हुन्। नेपाललाई चौथो सफलता सन्दीपल लामिछानेले दिलाएका हुन्।

    युएईको आइसिसी ग्लोबल एकेडेमी क्रिकेट ग्राउन्डमा भइरहेको खेलमा टस जितेर बलिङ रोजेको नेपाललाई चौथी सफलता मिलेको हो।

    सन्दीपले नेपालका लागि महत्वपूर्ण विकेट लिएका हुन्। उनले साहिमान अनवार र महमुद उस्मानबीचको ६१ रनको साझेदारी तोडेका हुन्। खेलमा दोस्रो विकेट लिने क्रममा सन्दीपले उस्मानलाई आउट गरेका हुन्।

    उस्मानलाई ३० रनमा आउट गरिएको हो। युएईले १५ ओभरमा चार विकेटको क्षतिमा ११४ रन बनाएको थियो। नेपाललाई तेस्रो सफलता बसन्त रेग्मीले दिलाएका थिए। बसन्तले सिपी रिजवानलाई आउट गरेका हुन्। यसअघि नेपाललाई सोमपाल कामीले दिलाएका हुन्।

    सोमपालले युएईका गुलाम साबेरलाई आउट गरेका हुन्। यसअघी नेपाललाई पहिलो सफलता सन्दीप लामिछानेले अस्फाक अहमदलाई दुई रनमा आउट गरेका थिए। नेपाल र युएईबीच तीन खेलको टी-ट्वान्टी श्रृंखला भइरहेको हो। युएई यात्रामा रहेको नेपालले तीन खेलको एकदिवसीय श्रृंखला जितेको थियो।

     

    यो पनि पढ्नुहोस्

    सन्दिपको दोस्रो विकेटसंगै नेपाललाई चौथो सफलता

    नेपाललाई तेस्रो सफलता, बसन्तले लिए विकेट

    यूएईविरुद्ध टि-ट्वान्टी शृङ्खलाः सुरु भयो सन्दिपको जादु, दोस्रो ओभरमा विकेट

    प्रतिक्रिया
    थप समाचार