Online Nepal सोमबार, बैशाख १७ २०८१

एसईई परिक्षा संचालनमा खटिने सुरक्षाकर्मी र कर्मचारीमाथि कडाई

एसईई परिक्षा संचालनमा खटिने सुरक्षाकर्मी र कर्मचारीमाथि कडाई


मध्यान्तर
  • शुक्रबार, चैत्र २२ २०७५

  • काठमाडौं । प्रश्नपत्र लगातार बाहिरिएपछि स्थगित भएको प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट(शुक्रबार) पुनः संचालन गरिएपछि परिक्षा संचालनमा खटिने सुरक्षाकर्मी र कर्मचारीमाथि पनि कडाई गरिएको छ । कर्मचारी र सुरक्षाकर्मीकै कारण प्रश्नपत्र बाहिरिएको रहस्य खुलेपछि प्रदेश २ को एसईई सञ्चालन समन्वय समितिको बैठकले कडाइ गर्ने निणर्य गरेको हो ।

    समितिले परिक्षालाई व्यवस्थित र मर्यादित बनाउन प्रश्नपत्र रुजु गर्दा प्रश्नपत्र भण्डारण गरेको कोठामा जाने सुरक्षाकर्मी, केन्द्राध्यक्ष र कर्मचारीले मोबाइल सुरक्षाकर्मीको नियन्त्रणमा राखेर जानुपर्ने निर्णय गरेको हो । मोबाइलबाट प्रश्नपत्रको फोटो खिचेर सामाजिक सञ्जालमा राखिएकाले प्रदेश २ मा एसईई परिक्षा स्थगित गर्नु परेको थियो। विज्ञान र सामाजिक विषयका प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको बारे पनि बैठकमा समीक्षा भएको थियो ।

    समिति संयोजक प्रदेशका प्रमुख सचिव दीपक सुवेदीको अध्यक्षतामा बसेको बैठकले विगतमा भन्दा सुरक्षा सतर्कता बढाउने, परीक्षामा खटिने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीलाई थप सजग हुन निर्देशन दिने निर्णय गरेको छ। सबै केन्द्रमा सुरक्षाकर्मीको उपस्थिति प्रभावकारी बनाउने, परीक्षार्थीको शरीर खानतलासी गर्ने, विद्यार्थीले परीक्षाकेन्द्रमा मोबाइल लगे तत्काल जफत गर्ने छ।

    प्रतिक्रिया
    थप समाचार