Online Nepal बुधबार, जेष्ठ २ २०८१

नेकपासँगको सहमति संविधानअनुसार कार्यान्वयन हुन्छ : गृहमन्त्री

नेकपासँगको सहमति संविधानअनुसार कार्यान्वयन हुन्छ : गृहमन्त्री


मध्यान्तर
  • बुधबार, भाद्र ८ २०७९

  • काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएको संविधानअनुसार कार्यान्वन गरिने बताएका छन् । नेपाल प्रहरीले आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले डेढ वर्षअघि भएको नेकपासँग भएको तीन बुँदे सहमति संविधान र विधिअनुसार कार्यान्वन गरिने बताएका हुन् ।

    सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नेकपासँग २०७७ फागुन २० मा प्रतिबन्ध फुकुवा, थुनामा रहेका कार्यकर्ता रिहा, मुद्दा फिर्ता लिने ३ बुँदे सहमति गरेको थियो । तर, अझै सहमतिअनुसार अदालतमा दायर भएका मुद्दा फिर्ता र कार्यकर्ता रिहा नभएको भन्दै चन्द समूह असन्तुष्ट छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार