Online Nepal बिहिबार, बैशाख २० २०८१

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा उच्च अंकले वृद्धि

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा उच्च अंकले वृद्धि


मध्यान्तर
  • शुक्रबार, बैशाख ७ २०८१

  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको तेस्रो त्रैमासिक बित्तिय विवरण आज प्रकाशित गरेको छ ।

    चालु आर्थिक वर्ष २०८०/८२ को तेस्रो त्रैमासिक अवधीमा बैंकले ३ अर्ब २७ करोड ५२ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा आर्जन  गरेको छ  । अघिल्लो आवमा बैंकको मुनाफा ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ मात्र मुनाफा कमाएको थियो । बैंकको मुनाफा बृद्धमा ब्याज आम्दानी उच्च दरमा बृद्धि भएको देखाइएको छ । त्यस्तै, बैंकको खराब कर्जा ३.९६ प्रतिशबाट बृद्धि भई ४.६६ प्रतिशत पुगेकोछ ।

     

    कूल ३४ अर्ब १२ करोड चुक्ता पुँजि भएको नेपाल इन्भेष्टमेन्ट बैंकको अन्य वित्तिय सूचांक पनि बृद्धि भएको बएको छ । बैंकले ९ महिनामा ३२ अर्ब रुपैयाँ कूल ब्याज आम्दान गरेको छ । त्यस्तै, यस अवधीमा २१ अर्ब रुपैयाँ ब्याज प्रदान समेत गरेको छ । बैंकको खुद ब्याजद आम्दानी ११ अर्ब रुपैयाँ छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी ७ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । बैंकले नौ महिनामा खुद फि र कमिशन बापत मात्रै एक अर्ब १४ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी एक अर्ब ५ करोड रुपैयाँ थियो ।
    चार खर्ब तीन अर्ब रुपैयाँ निक्षेप जम्मा रहेको बैंकबाट तीन खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोछ ।

    बैकको खुद नाफा उच्च अंकले बढेको छ भने वितरणयोग्य मुनाफा भने ऋणात्मक रहेको छ । बैंकको वितरणयोग्य मुनाफ एक अर्ब ६० करोड ९९ लाख छ हजार ऋणात्मक रहेको छ । बैंकके प्रतिशेयर आम्दानी (ईपीएस )१२.८० रुपैयाँ रहेको छ ।

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार