Online Nepal बिहिबार, बैशाख २० २०८१

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम


मध्यान्तर
  • शुक्रबार, बैशाख ७ २०८१

  • काठमाडौं । आज  सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

    लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

    यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

    आज सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रूपैयाँ बढी हो।

    बिहीबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने घटेको छ।
    चाँदीको मूल्य प्रतितोला एक हजार सात सय २० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

     

    प्रतिक्रिया
    थप समाचार