Online Nepal बिहिबार, बैशाख २० २०८१

डिशहोमका ग्राहकहरुले अब रिचार्ज गरेको रकम बराबर नै बोनस प्राप्त गर्ने

डिशहोमका ग्राहकहरुले अब रिचार्ज गरेको रकम बराबर नै बोनस प्राप्त गर्ने


मध्यान्तर
  • शुक्रबार, बैशाख ७ २०८१

  • काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकम बराबर नै बोनस प्राप्त गर्ने भएका छन्।

    ग्राहकहरुले नजिकैको डिलरदाइकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ।
    ३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरुलाई लक्षित गरी कम्पनीले यो योजना ल्याएको हो।

    ‘योजनाअन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्नुहुनेछ उति पैसा वोनस स्वरुप पाउनुहुनेछ’, कम्पनीले भनेको छ, ‘यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००, २००० को रिचार्ज गर्नुभएमा २००० नै बोनस प्राप्त गर्नुहुनेछ।’

    यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ।
    यस्तै नियमित रिचार्ज गरिरहेका ग्राहकहरुले भने १ वर्षको रिचार्ज गर्दा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउनेछन्।

    डिशहोम डीटीएचका नियमित ग्राहकहरुले नजिकैको डिलर दाइकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्।

     

    प्रतिक्रिया
    थप समाचार