Online Nepal मंगलबार, असार १६ २०८३

दाइको हत्या आरोपमा भाइ पक्राउ

दाइको हत्या आरोपमा भाइ पक्राउ


मध्यान्तर
  • सोमबार, असार १५ २०८३

  • काठमाडौँ । बाँकेमा सहोदर दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् ।

    २५ वर्षीय मनोज चौधरीको हत्या गरेको आरोपमा कोहलपुर नगरपालिका- ४ गोहवा बस्ने २० वर्षीय विनोद चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विनोदले आइतबार राति कुटपिट गरी मनोजको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट मदनचोकबाट प्रहरी खटिएको थियो ।

    प्रहरीले उनलाई कोहलपुर नगरपालिका- १५ गोहवाबाट सोमबार बिहान पक्राउ गरेको हो ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार