Online Nepal मंगलबार, असार १६ २०८३

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते


मध्यान्तर
  • सोमबार, असार १५ २०८३

  • काठमाडौँ । काठमाडौंको कलंकीमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएकी छन्। काठमाडौं महानगरपालिका-१४ कलंकी पुल नजिक बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

    दुर्घटनामा मोटरसाइकल चालक कैलाली घर भएका २७ वर्षीय प्रकाश साहको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। दुर्घटनालगत्तै गम्भीर घाइते भएका साहलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेका थिए।

    यस्तै, दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कैलाली धनगढी नगरपालिका घर भई हाल काठमाडौंको नैकाप बस्ने २७ वर्षीया मुस्कान भट्ट घाइते भएकी छन्। उनको हाल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया
    थप समाचार