काठमाडौँ । फिफा विश्वकप -२०२६ अन्तर्गत पाराग्वेले जर्मनीलाई ४-३ ले पाराजित गरेको छ । यो सँगै जर्मनी फिफा विश्वकप -२०२६ बाट बाहिरियो छ भने पाराग्वे प्रिक्वाटर फाइनालामा प्रवेश गरेको छ ।
मंगलबार बिहान भएको खेलमा पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा जर्मनी विश्वकपबाट बाहिरिएको हो ।
खेलको ४२औँ मिनेटमा गोल गरेर पाराग्वेले सुरुवाती अग्रता कामय गरेको थियो । उक्त समयमा पाराग्वेका जुलियो एन्सिसोले गोल गरेका थिए ।
त्यसपछि ५४औँ मिनेटमा जर्मनीका काई हाभर्ट्जले गोल गरेर खेललाई बराबरीमा पुर्याएका थिए । उक्त १-१ को बराबरी निर्धारित ९० मिनेटको समयमा पनि बराबरी भएपछि खेललाई अतिरिक्त समयमा लागिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन सकेन । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।