Online Nepal मंगलबार, असार १६ २०८३
फिफा विश्वकप - २०२६

नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को प्रिक्वाटर फाईनलमा

नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को प्रिक्वाटर फाईनलमा


मध्यान्तर
  • मंगलबार, असार १६ २०८३

  • Morocco Netherlands WCup Soccer

    काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत आज बिहान भएको खेलमा मोरक्को पनि नेदरल्याण्डसलाई पराजित गर्दै  प्रिक्वाटर फाईनलमा पुगेको छ ।

    मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा २–३ गोल अन्तरले हराउँदै मोरक्को प्रि–क्वार्टरफाइनलमा पुगेको हो ।

    खेलको ७२औँ मिनेटमा नेदरल्यान्ड्सले पहिलो गोल गरेको थियो । नेदरल्यान्ड्सका कोडी गाक्पले गोल गरेर १–० गोलको अग्रता दिलाए पनि इन्जुरी समयमा गोल गरेर मोरक्कोले खेल बराबरीमा ल्याएको थियो । खेललाई बराबरीमा ल्याउन मोरक्कोका इस्सा डीओपले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

    उक्त गोलपछि बराबरी हुँदा खेल अतिरिक्त समयमा गएको थियो । तर, अतिरिक्त समयमा पनि गोल हुन सकेन । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

    अन्तिममा पेनाल्टी सुटआउटमा गोल मोरक्को ३-२ गोलको अन्तरले विजयी भयो ।

     

    प्रतिक्रिया
    थप समाचार