काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला चार हजार ५०० रुपैयाँ र चाँदी प्रतीतोला २५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ९०० सय रुपैयाँ कारोबार भएको छ। सोमबारको सुन तोलामा दुई लाख ८२ हजार ४०० सय रुपैयाँ किनबेच भएको थियो। पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घटेको हो ।
त्यस्तै आजको बजारमा चाँदी तोलामा चार हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी तोलामा चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।