Online Nepal मंगलबार, असार १६ २०८३

कोल्ड स्टोरमा तास खेलिरहेको अवस्थामा चार जना पक्राउ

कोल्ड स्टोरमा तास खेलिरहेको अवस्थामा चार जना पक्राउ


मध्यान्तर
  • मंगलबार, असार १६ २०८३

  • काठमाडौँ । झापामा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।

    मेचीनगर नगरपालिका- १० स्थित लक्ष्मी कोल्ड स्टोरमा जुवातास खेलिरहेको अवस्थामा कोल्ड स्टोरका सञ्चालक ४२ वर्षीय रामपत राजवंशीसहित ४ जनालाई सोमबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५२ हजार ४ सय ५० रुपैयाँ र ११ बुक ताससहित पक्राउ गरेको हो ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार