Online Nepal आइतबार, बैशाख २३ २०८१

ओत लागेको रुख नै मृत्युको कारण बन्यो

ओत लागेको रुख नै मृत्युको कारण बन्यो


मध्यान्तर
  • बिहिबार, असार २३ २०७९

  • जुम्ला । जुम्लामा रुखको फेदमा ओतलागेर बसेका एक युवकको ज्यान गएको छ । रुखमा चट्याङ पर्दा उनको मृत्यु भएको हो । तिला गाउँपालिका ९ का युवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिहीबाट ४ घण्टा पैदल यात्रा गरेर पुगिने उक्त स्थानमा घटना भएको हो । मालापानी घरबाट टाढा दुई किमी सिमी गोड्न गएका तिला–९ का १८ वर्षीय प्रेम बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।

    उनका अनुसार पानी परेपछि रुखमुनि ओत लिन बुढा बसेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार