Online Nepal बिहिबार, बैशाख २० २०८१

नबिल र नेपाल बङ्गलादेश बैंक तीन दिन बन्द रहने

नबिल र नेपाल बङ्गलादेश बैंक तीन दिन बन्द रहने


मध्यान्तर
  • बिहिबार, असार २३ २०७९

  • काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेड र नबिल बैंक तीन दिन बन्द हुने भएका छन् । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई अधिग्रहण गर्नै भएपछि शुक्रबारबाट दुबै बैंकले तीन दिन सेवा नदिने बताएका हुन् ।

    उनिहरुका अनुसार नेपाल बङ्गलादेश बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुले सोमबारबाट नबिल बेंकको प्रादेशिक शाखा कार्यालयको रुपमा काम गर्नै छन् । दुबै बैंक समायोजन भएको जानकारी दिदैँ जारी गरिएको सूचनामा बैंकिङ्ग सफ्टवेयर समायोजन गर्दा ग्राहक वर्गमा असुविधा पर्न गएको बताइएको छ ।

    यद्यपी ग्राहकको सुविधाका लागि साविक नेपाल बङ्गलादेश बैंक लिमिटेडबाट जारी भएको चेकलाई प्रतिस्थापन नगरैसम्म स्विकार गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै, सेवा बन्द रहने अवधीमा क्रेडिट कार्ड र प्रिपेड कार्ड चल्ने बैंकले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार