Online Nepal बिहिबार, बैशाख २० २०८१

ब्यूटिसियन संघले भन्यो–‘शाखा अधिकृत कर्णविरुद्धको मुद्दामा न्याय पायौं’

ब्यूटिसियन संघले भन्यो–‘शाखा अधिकृत कर्णविरुद्धको मुद्दामा न्याय पायौं’


मध्यान्तर
  • बिहिबार, फाल्गुन १७ २०८०

  • काठमाडौं । चाबहिलस्थित फेसियल हाउसकी सञ्चालिका सुष्मा महराले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्ण जोडिएको घट्नामा आफूले न्याय पाएको स्पष्ट पारेकी छिन् । गत असार २७ गते ब्युटिसियन महराले सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी कर्णले पैसा तिर्ने बेलामा सिसीटिभी राखेको भन्दै विभिन्न बहाना गरेको, पैसा दिन नमानेको र आफूहरुको पेशामाथि विभिन्न आरोप लगाएको उनको भनाइ छ ।

    उनले शाखा अधिकृत कर्णले आफूलाई सिसीटिभीको सहायतामा नराम्रा भिडियोहरु बनाएर बेच्ने गरेको आरोप लगाएको बताईन् । आफ्नो पेसानै बदनाम हुनेगरी शाखा अधिकृत कर्णले प्रचारप्रसार गरेको उनको भनाइ छ । उक्त मुद्दामा उच्च अदालतले शाखा अधिकृत कर्णले आरोप लगाएजस्तो घटना प्रमाणित हुने कुनै प्रमाण दिन नसकेको भन्दै सफाइ दिएको उनले बताईन् । उनले उक्त घटना अब कुनै अदालतमा प्रश्न उठाउन नपाउने गरी टुङ्गिएको बताईन् । कर्णले आफूलाई विभिन्न धम्की दिएको र दुरब्यबहार गरी पावर र पहुँच देखाउन खोजेको उनको भनाइ छ । महराले पेसा गर्ने क्रममा आफूलाई परेको अन्याय दबाएर नबस्न सबै ब्युटिसियनकर्मीहरुलाई आग्रह गरिन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल ब्यटिसियन संघमा आवद्ध पेशाकर्मीहरुले उक्त घटनामा आफूहरुको जीत भएको बताए । ब्युटिसियन संघकी निर्वतमान उपाध्यक्ष कल्पना आचार्यले सुस्मा महराको फेसियल हाउसमा घटेको घटना प्रतिनिधिमात्रै भएको बताईन् । उनले अब आफूहरु नेपालभरका ब्युटिसियनहरुलाई हामी एक्लै छैनौं भन्ने सन्देश दिनेगरी काम गर्ने बताईन् । आफूहरु श्रम गरेर खाने सबल नारी भएको बताउँदै उनले यस्ता प्रकारका धम्कीबाट नडराउने बताईन् ।

    ब्युटिसियन संघकी निर्वतमान अध्यक्ष भगवती खड्काले आफूलाई परेको अन्यायलाई दबाएर नराख्न सबै ब्युटिसियनहरुलाई आग्रह गरिन् । आफूहरुले श्रम गरेर कर तिरेको र देशको अर्थतन्त्रलाई टेवा पुगेको उनले बताईन् । आफूहरुले तिरेको कारबाट तलब खानेहरुले आफूहरुलाई हिंसा गर्दा अपमान सहन नसकेर न्यायका लागि एकजुट भएको उनले बताईन् । ब्युटिसियन संघकी अध्यक्ष सरिता गौतमले शुस्मा महराजस्ता समस्यामा परेका दिदीबहिनीहरुको पेसागत हकहितका लागि आवाज उठाउन तयार रहेको बताईन् । पेशागत हक हितका लागि आफूहरु जहाँ गएर आवाज उठाउन पनि तयार रहेको उनले बताईन् ।ब्युटिसिएन संघकी महासचिव शशी शाहले फेसियल हाउसमा श्रमिकहरुलाई दुव्र्यबहार गरेको घटनामा आफूहरुले विभिन्न निकायमा आवाज उठाएको बताईन् । उनले उक्त घटनामा आफूहरुले सडक आन्दोलनसमेत गर्नुपरेको स्मरण गरिन् । अन्ततः आफूहरुलाई गत फागुन १० गतेको अदालतको फैसलाले न्याय पाएको अनुभूति भएको उनको भनाइ छ ।

    ब्युटिसिएन संघकी निवार्तमान केन्द्रीय उपाध्यक्ष गंगा नकर्मीले आफूहरुको पेसामाथि लागेको झुठो आरोपमा न्याय पाएको बताईन् । अपमानजनक शब्द र झुठो आरोप आगमी दिनमा आफूहरुको पेशामाथि आँच आउने र आफूहरुलाई दबाउने काम भएमा एकताबद्ध भएर लड्ने उनले प्रतिवद्धता ब्यक्त गरिन् ।

    प्रतिक्रिया
    थप समाचार